|

चिनियाँ सरकारले आफ्नो तर्फबाट सगरमाथा आरोहणमा रोक लगाएको छ। चिनियाँ सरकारले हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि सगरमाथा आरोहणमा रोक लगाएको चिनियाँ अधिकारीहरूलाई उद्धृत् गर्दै बिबिसीले जनाएको छ। पर्यटक सगरमाथाको ५ हजार २०० मिटर अर्थात् आधार शिबिरसम्म भने जान पाउने चिनियाँ अधिकारहरूले बताएका छन्।

धेरै पर्यटक नेपाली भूभागबाट सगरमाथाको आरोहण गर्ने गरेका छन्। तर पछिलो समय चिनियाँ भू-भागबाट सगरमाथा चढ्ने पर्यटकको संख्या पनि वृद्धि हुँदै गएको छ। चीन तर्फबाट सगरमाथाको बेस क्याम्पसम्म सवारी साधान पुग्छ भने नेपाल तर्फबाट जाँदा दुई हप्ताको बाटो हिँडेर जानुपर्ने भएकाले पछिल्ला दिनमा चिनियाँ भूभाग हुँदै सगरमाथा चढ्ने पर्यटकमा वृद्धि भएको हो।

विश्वकै सबैभन्दा आग्लो हिम शिखर सगरमाथा पछिल्ला केही वर्षदेखि पर्यटकले फ्याकेको फोहोरका कारण दुर्गन्धित हुँदै गएको छ। चिनियाँ पर्वतारोहण संघका अनुसार २०१५ मा ४० हजार पर्यटकहरूले सगरमाथा आरोहणको अनुमति लिएका थिए भने सन् २०१६/१७ मा नेपाल तर्फबाट ४५ हजार पर्यटकले सगरमाथा आरोहणको अनुमति लिएको पर्यटन मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

सामान्य पर्यटकलाई समुन्द्र सतहबाट ५ हजार मिटर उचाइमा रहेको रोङबुकभन्दा माथि चढाइका लागि प्रतिबन्ध गरिएको चिनियाँ समाचार माध्यमहरूले जनाएका छन्। चिनियाँ अधिकारीहरूले जनावरीबाट ३०० जनालाई मात्रै सगरमाथाको आरोहणको अनुमति दिने घोषणा गरेका थिए। तर, केही चिनिया सञ्चार माध्यमहरूले सगरमाथाको आरोहणमा पूर्ण प्रतिबन्ध लगाएको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.