|

काठमाडौं : जापानीज भाषालाई नेपालमा सजिलोगरि सिकाउनका लागि  गोरेश निहँगो सुईसुई प्रविधिको प्रयोगले सजिलो बनाउने भएको छ।

राजधानीको ‘याक एण्ड यती होटेल’मा शुक्रबार भएको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले जापानीज भाषा सिक्न चाहने धेरै नेपाली युवाको लागि यो ‘इ-लर्निङ सिस्टम’ एउटा महत्वपूर्ण अवसर भएको विश्वास दिलाए।

 ‘जापानको विकासबाट हामी नेपालीले धेरै कुरा सिक्न सक्छौँ’ उनले भने,  'कसरी आत्मनिर्भर हुने भन्ने कुरा जापानबाट सिक्न सकिन्छ। यसको लागि जापानीज भाषाको जानकारी हुन आवश्यक हुन्छ, यो माध्ययमबाट भाषा सिकेर फाइदा लिन सकिन्छ।’ उनले सिस्टमबाट जापानी भाषा सिकेर रोजगारी तथा अध्ययनको लागि जापान जान चाहाने धेरै नेपाली युवाका लागि एउटा महत्वपूर्ण अवसर हुनसक्ने बताए।

लिंकन कलेज एण्ड ग्रुपको आयोजना र ‘जेआइसिई आएनसी’ को प्रायोजनमा सम्पन्न सेमिनारमा इ–लर्निङको माध्ययमबाट जापानी भाषा अध्ययनबारे जानकारी गराइएको थियो। नेपालको जुनसुकै स्थानबाट आफूले जुनसुकै समयमा पनि भाषाको अध्ययन गर्न सकिने प्रविधिको विकासले भाषा सिकाईमा सहजता ल्याउने आयोजकको विश्वास रहेको छ।

अध्ययन अनुसन्धान तथा रोजगारको लागि जापान गएका र जान चाहाने नेपाली युवालाई भाषाको समस्या पर्न गएको कारण सबैले सहजै रोजगारी पाउँन भन्ने उद्देश्यमा पनि यो प्रविधिले सहयोग पुग्ने आयोजकले जनाएको छ।शिक्षकबिना नै मोबाइल र कम्युटरको माध्ययमबाट भाषा सिक्न सकिने हुँदा यो सबैका लागि लाभदायक हने आयोजकको दाबी छ।

विदेशी कामदारलाई आफ्नो देशमा लैजाने जापान सरकारको नीतिअनुरूप अहिले लाखौ युवा जापानी भाषा सिक्नमा लागिरहेका छन्। आगामी ५ वर्षमा जापानले नयाँ नीतिमार्फत झण्डै तीन लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ।

कार्यक्रममा जेआइसिई इन्कका विभागीय प्रमुख नागाहामा सुजुकी, जेआइसिई इन्कका प्रोमोशन रिक्र्युटमेन्ट म्यानेजर सिन्जातो मानाबु, गोरेश एकेडेमीका काउन्सुलर लक्ष्मण ओझा, ओकिनवा इण्डष्ट्री प्रोमोशन पब्लिक कर्पोरेशनका कोअर्डिनेटर सुजुकी नोरिहिरो र ओकिनवा इण्डष्ट्री प्रोमोशन पब्लिक कर्पोरेशनका निर्देशक ओमिने सातोशीलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.