|

सुनसरी : धरानमा जारी २१ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधिका लागि आयोजक धरान फुटबल क्लब र डाउफिन्स फुटबल क्लब क्यामरुनबीच प्रतिस्पर्धा हुने भएको छ।

अन्तिम सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लबलाई सडेन डेथमा पराजित गर्दै पाहुना टोली दाउफिन्सले आयोजक धरानसँगको उपाधि भिडन्त पक्का गरेको हो। निर्धारित समयमा कुनै पनि टिमबाट गोल नभएपछि खेलको निर्णय टाइ ब्रेकर हुँदै सडेन डेथमा पुगेको थियो। सडेन डेथमा पुलिसका बिक्रम धिमाल गोल गर्न चुक्दा विभागीय टोली पुलिस सेमिफाइनलबाटै बाहिरिएको हो। यसअघि आयोजक धरान फुटबल क्लब शंकटा क्लबलाई हराउँदै फाइनलमा पुगिसकेको छ।

भोलि शनिबारआयोजक धरान र दाउफिन्सबीचको उपाधि भिडन्त हुनेछ। प्रतियोगिताको उपाधि बिजेताले ८ लाख तथा उपबिजेताले नगद ४ लाख हात पार्नेछन। प्रतियोगिता गत शनिबार सुरु हुने भनिए पनि उक्त दिन पानी परेकाले आयोजकले एकदिन खेल पछि धकेलिएको हो। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.