|

बाँके : प्रहरीले कञ्चनपुरबाट बरामद गरेको सुन शुक्रबार राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा ल्याइएको छ। बरामद सुनका बारे अनुसन्धान गर्न कोहलपुर ल्याइएको कार्यालय प्रमुख विनोदकुमार दाहालले जानकारी दिए। 

कार्यालय प्रमुख दाहालले अनुसार, शुक्लाफाँटा नगरपालिका ११ अमरपुरका लक्ष्मण तिरुवाको घरबाट बरामद भएको साढे पाँच किलो सुन र यसअघि प्रहरीले बिहीबार बिहान पुनर्वास नगरपालिका २ दशरथबस्तीबाट बरामद गरेको १८ किलो गरी झण्डै २४ किलो सुन अनुसन्धानका लागि शुक्रबार कोहलपुर ल्याइएको छ।सो प्रकरणमा पक्राउ परेका तिरुवा दाजुभाइ (३३ वर्षीय लक्ष्मण तिरुवा र २८ वर्षीय सुरज तिरुवा) लाई पनि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग कोहलपुर ल्याइएको छ। 

बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), अपराध महाशाखा र कैलाली–कञ्चनपुर प्रहरीको संयुक्त टोलीले पुनर्वास नगरपालिका २ दशरथ बस्तीका भरतलाल विकको घरबाट सुन बरामद गरेको १५ घण्टापछि शुक्लाफाँटा नगरपालिका ११ अमरपुरका लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६६२ ग्राम सुन बरामद गरेको हो।विकको घरबाट बिहीबार दिउँसो ११ बजेतिर र तिरुवाको घरबाट गएराति १ बजेतिर सुन बरामद गरेको कञ्चनपुर प्रहरीले जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिंह खडायतका अनुसार, लक्ष्मण तिरुवाको घरबाट राती नै सुन बरामद गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको थियो। ‘प्रहरीले बरामद गरेको सुनको बास्तविक अवस्था र मूल्यांकन गर्न कोहलपुरमा ल्याइएको छ’ अनुसन्धान कार्यालयका प्रमुख दाहालले भने। केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध अनुसन्धान महाशाखाका सुदीप गिरी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायव उपरीक्षक कृष्णराज ओझाको टोलीले बाख्रा बाँध्ने खोरको जमिनमा दुईवटा पोका पारेर लुकाइ राखेको अवस्थामा पाँच केजी ६६२ ग्राम सुन फेला पारेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.