|

पर्वत : एक हप्ता अगाडिको हिमपातका कारण हिउँ नै नपग्लिएको मुस्ताङमा शुक्रबार साँझबाट फेरि हिमपात शुरु भएको छ। मौसममा आएको खराबीसँगै चिसो बढेपछि शुक्रबार साँझदेखि फेरि बाग्लो हिमपात शुरु भएको हो। 

हिमपातसँगै मौसम अत्याधिक चिसो बन्दा सर्वसाधारणहरू घर बाहिर निस्कन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए। शुक्रबार दिउसोसम्म घाम लागेका कारण पुरानो हिउँ पग्लिैँदै गएको भए पनि पुन हिमपात भएसँगै मुस्ताङको जनजीवन प्रभावित भएको छ।

हिमपातसँगै धाराको पानी जमेको छ भने सडकहरु ढाकिएका कारण सवारी संचालनमा पनि समस्या भएको छ। यसअघिको हिमपातको एक हप्ताको अवधिमा मुस्ताङको हवाई सेवा पनि प्रभावित भएको छ। तल्लो मुस्ताङमा पर्ने जोमसोक विमानस्थलको हिउँ पग्लिएपछि बिहीबार र शुक्रबार १/१ उडान भएको भए पनि शुक्रबार साँझको हिमपातले विमानस्थालमा हिउँ जम्मा भएको छ।

‘एक हप्तामा बिहीबार र शुक्रबार १/१ पटक जहाज आएका थिए। अहिले हिउँ परिरहेकोले बिमानस्थल ढाकिएको छ। अब फेरि केही दिन विमान सेवा बन्द हुने सम्भावना छ’ प्रहरी निरीक्षक रेग्मीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.