लेबनान पठाइदिने भन्दै १२ लाख लिएर महिलालाई पुर्‍याइयो म्यानमार

|

काठमाडौं : वैदेशिक रोजगारीको प्रलोभन देखाएर मानव बेचबिखनमा लागेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। एक महिलाको उजुरीको आधारमा रुकुम बाफिकोट २ घर भई हाल टोखा नगरपालिका ९ बस्ने ४३ वर्षीय ज्ञानेन्द्रबहादुर पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

मानव बेचबिखन तथा ओसारपसार र ठगी गरेको भनी पीडित महिलाले दिएको निवेदनको आधारमा पौडेललाई पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको बताइएको छ। रोजगारीका लिबिया पठाइदिने प्रलोभन देखाएर पौडेलको टोलीलेअवैध मार्ग हुँदै भारत र म्यान्मारको सिमाना मोरहे पुर्‍याई अलपत्र पारेको ती महिलाको आरोप छ।

मासिक एक लाख ३० हजार रुपैयाँ तलबको प्रलोभन दिई आफूसँग १२ लाख रुपैयाँ लिएको ती महिलाको उजुरीमा उल्लेख छ। पौडेलको टोलीले गत पुस ७ गते ती महिलासँग रकम लिई काठमाडौंबाट नेपालगञ्ज  हुँदै दिल्ली पुर्‍याएका थिए।

त्यहाँ एक महिना मणिपुर म्यान्मारको सिमाना मोरहे पुर्‍याई २४ दिनसम्म घरमा थुनेर राखेको उनको उजुरीमा उल्लेख छ। त्यहाँबाट भागेर आई ती महिलाले उजुरी दिएसँगै प्रहरीले गत बिहीबार काठमाडौंको नयाँ बसपार्कबाट पौडेललाई पक्राउ गरेको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.