|

दमक (झापा) : सीमावर्ती क्षेत्रमा अवैध मदिराको कारोबार नियन्त्रण नगर्दा सीमावर्ती भारतीय बजारबाट नेपालीले सहजै लागुऔषध खरिद गर्दै आएका छन्। भारतीय बजारमा औषधी खरिदका लागि भारतीय नागरिकका लागि ‘प्रेस्किप्सन’ अनिवार्य गरिए पनि नेपालीले भने दैनिक उपभोग्य वस्तु सरह सहजै खरिद गर्न पाउने गरेका छन्। जसका कारण सीमावर्ती नेपाली क्षेत्रका प्रयोगकर्ता र व्यवसायीहरुले सहजै भारतीय बजारबाट लागुऔषध भित्र्याउने र सेवन गर्ने गरेको पाइएको प्रहरीले बताएको छ।
 

सीमावर्ती क्षेत्रबाट लागुऔषध भित्रिएकाले यसलाई रोक्न भारतीय अधिकारीलाई आग्रह गर्दै आएको जिल्ला प्रहरी झापाका प्रमुख भिमप्रसाद अधिकारीले बताए। ‘नेपाल–भारतका सुरक्षा अधिकारीहरुको बैठकमा हामीले लागुऔषधको कारोबारमा कडाइ गर्न भारतीय अधिकारीहरुलाई आग्रह गर्दै आएका छौं’ ढकालले भने, ‘बिहारमा मदिराको कारोवार निषेध भएको र नेपाली सीमावर्ती क्षेत्रमा सहजै पाइने भएकाले उनीहरुले पनि हामीलाई मदिराको कारोबार रोक्न आग्रह गर्ने गरेका छन्।’ भारतमा मदिरा र नेपालमा लागुऔषध चुनौती भएकै कारण दुवै देशका सुरक्षा अधिकारीले यस प्रकारको अवैध कारोवार रोक्ने सहमति गरेको उनको भनाइ छ।

अम्मलीलाई सजिलो

पूर्वी नेपालको सीमा क्षेत्रमा नेपाल र भारत दुवै देशका अम्मलीहरु एक–अर्को देशमा पुगेर धित मार्ने गरेको पाइएको हो।     नेपालको दक्षिण सीमावर्ती भारतीय राज्य बिहारमा मदिरा बिक्री निषेध गरिएपछि मदिराका अम्मली नेपाली सीमा क्षेत्रमा आएर धित मेट्ने गरेका छन् भने नेपाली लागुऔषध प्रयोगकर्ताहरु बिहार र पश्चिम बंगाल पुग्ने गरेका छन्।

प्रहरी प्रमुख ढकालले नेपालीलाई लागुऔषध प्रयोगकर्ताको समस्या भएजस्तै भारतीयलाई पनि मदिरा सेवनकर्ताको समस्या रहेको बताए। उनले भने, ‘दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा हामीले डाक्टरको प्रेस्किप्सनबिना कुनै पनि औषधि नेपालीलाई नबेच्ने वातावरण बनाउन आग्रह गर्दा उताबाट सीमा क्षेत्रमा मदिराको कारोबार रोक्न आग्रह हुने गरेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.