|

काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतमा व्रतालुहरू विभिन्न मन्दिरहरूको भ्रमण गर्दछन् यसै क्रममा आज उनीहरू भक्तपुरको चाँगु नाराणमा स्‍नान गर्न आइपुगेका छन्। एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र माहत्म्य वाचन वा श्रवण गर्ने परम्परा छ।

व्रतको अन्तिम दिन अर्थात् माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण पूजासामग्रीसहित अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवं मौसमअनुसारका फलफूलहरु एक सय आठको संख्यामा चढाई शिवलिङ्ग र  ओमकारयुक्त अष्टदलमा श्रीस्वस्थानीको विशेष पूजा गरिन्छ।

पौष शुक्ल पूर्णिमाका दिनदेखि काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायण मेला सुरु भएको हो। यस्तै भक्तपुरको हनुमानघाटमा पनि माधवनारायणको मेला लागेको छ। श्रद्धालुहरू महिनाभर शालीनदी किनारमा बसी निष्ठापूर्वक व्रत पूरा गर्छन्।  

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.