|

गुल्मी : २५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा ७० जना  कैदी बन्दीहरु बस्न बाध्य रहेको जिल्ला कारागार कार्यलय गुल्मीले जनाएको छ।

२५ जनाको क्षमता रहेको ङ बर्गको कारागारमा अहिले ७० जना कैदीबन्दीहरु राख्न बाध्य भएको कारागार प्रमुख उद्धब पन्थीले जानकारी दिए।   पन्थीका अनुसार पुरुष ६३ जना , महिला ५ जना र आश्रीत नाबालक २ जना गरि जम्मा ७० जना कारागारमा कैदी बन्दीहरु रहेको बताए।

कैदीबन्दीहरुलाई ठाउँ साँघुरो हुँदा प्रयाप्त खेलमैदान नहुनु , आर्थिक पार्जनका लागि उधोगहरु खोल्न का लागि पनि समस्या भएको र मुख्य गरि जिल्ला कारागार गुल्मीमा खानेपानीको समस्या रहेको बताउदै भबन पनि जिर्ण रहेकाले समस्याहरु अझ थपिदै गएको पन्थीले बताए। हाल सम्म त दुख सुख चलाउदै आएका छौ अझ कैदीबन्दीहरु थपिए भने समस्या अझै बिकराल बन्दै जाने पन्थीको दाबी छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.