|

काठमाडौं : हनुमन्ते करिडोरमा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूले वाकाथुन गरेका छन्। हनुमन्ते सरसफाइ अभियनाको ५१ हप्ताको अवसरमा शनिबार वाकाथुन गरिएको हो।

वाकाथुनमा प्रचण्डसहित नेपाल कांग्रेस नेता प्रकाशमान सिंह, नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेत लगायतका नेताहरू सहभागी भए। साढे तीन किलोमिटरको दूरीमा गरिएको वाकाथनमा प्रचण्डले आफ्नालागि म्याराथन जस्तै भएको बताएका थिए। "वाकाथुन भनियो,  तर मेरा लागि म्याराथुन जस्तै भयो" प्रचण्डले भने।

उनी करिब ३० मिनेट हिँडेका थिए। कांग्रेस नेता प्रकाशमान सिंह भने बीच बीचमा मात्रै सहभागि भएका थिए। भक्तपुर क्षेत्र २ का सांसद महेश बस्नेत सहित सामाजिक अभियान्ताहरूको सहभागितामा ५१ औ हप्तादेखि हनुमन्ते सरकारसफाई अभियान चलाइएको छ।

हनुमन्ते सरसफाइको नाममा समग्र भक्तपुर सरसफाई  अभियान चलाइएको भन्दै प्रचण्डले नेपालीलाई सभ्यता सिकाइएको बताए। "हनुमन्ते सरसफाईको नाममा भक्तपुर सरसफाई अभियान अघि बढाइएको छ। यसले समग्र भक्तपुरलाई सुन्दर त बनाउछ नै आम नेपालीलाई  सभ्यता पनि सिकाएको छ" प्रचण्डले भने।

उनले राजनीतिक स्थिरतासहितको विकास आवश्‍यकता रहेको औँल्याउँदै विकासका लागि सबैको सहकार्य आवश्‍यकता रहेको बताए। कांग्रेस नेता प्रकाशमान सिंहले हनुमन्ते लगायतका नदीमा माछा पाइन्थे भन्दा पनि आश्चर्य मान्नु पर्ने स्थिती रहेको बताउदै पुरानै अवस्थामा स्वच्छ बनाउनको लागि सरसभाइ अभियान सफल हुने बताए। उनले हनुमन्तेको पानीले मुख धुन सक्‍ने अवस्था नभएसम्म निरन्त सरसफाइमा लाग्‍नको लागि आग्रह गरे।

भक्तपुर २ का सांसद महेश बस्नेतले सरसफाई अभियानमा समेत भक्तपुर नगरपालिकाको सहयोग नपाएको गुनासो गरे। "नदिमा ढल भक्तपुर नगरपालिकाबाट बढी मिसिन्छ तर सरसफाईमा भक्तपुर नगरपालिकाको सहभागित छैन" बस्नेतले भने।

त्यस्तै अरनीको राजमार्ग (सल्लाघारी) मा राष्ट्रिय झण्डा प्रतिस्थापन गरिएको छ। झण्डा प्रतिस्थापन गर्ने क्रमा सल्लाघारीमा रहेको चौरमा देशकै ठूलो झण्डा प्रतिस्थापन गर्ने उद्योष गरिएकोमा भक्तपुर नगरपालिकाको असहयोगको कामर सडकको बीचमा सानो झण्डा प्रतिस्थापन गर्नु परेको गुनासो बस्नेतको थियो।

हनुमन्‍ते सरसफाई अन्तर्गत २९ फागुन २०७४ देखि प्रत्येक शनिबार सरसफाइ गरिँदै आएकोमा अब प्रत्येक बुधबार गरिने बताइएको छ। हालसम्म एक हजार ६० टन फोहोर उठाइएको र ३७ हजार अभियान्ता सहभागी भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.