|

काठमाडौंः आज देशका अधिकांश स्थानमा आंशिकदेखी सामान्य बदली हुने संभावना छ। पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

अहिले काठमाडौं उपत्यकामा पानी परिरहेको छ। देशका अन्य भूभागमा पनि पानी पर्ने सम्भावना छ। भोलिदेखि भने मौसम सुध्रने सम्भावना रहेको छ।
देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमबीद् सुजन सुवेदीले जानकारी दिए। आज राति देशका पश्चिमी र मध्य भू–भागमा अंशिक बदलि रहनेछ।

पूर्वी भू–भागमा सामान्य बदली र पूर्वी तथा मध्य पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशका पूर्वी हिमाली भेगहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। काठमाडौ उपत्यकाको न्युनतम तापक्रम आज विहान ८ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.