|
File Photo

सल्यान : सल्यानमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका ३ काराँगिठी ज्यामिरेका ४० वर्षीय कृष्णबहादुर रानाको उनकै छोरा दुर्गाबहादुर रानाको कुटपिटबाट मृत्यु भएका हो।

गत माघ २८ गते कुटपिट गरी घाइते भएका रानाको २९ गते बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो। मादक पदार्थ सेवन गरेका बुबालाई सम्झाइबुझाई गर्दा पनि नमानेपछि आवेगमा आइ कुटपिट गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीका अनुसार मृतक रानाले पहिलेदेखि अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरी आमासँग झगडा गरेको र बुवालाई सम्झाइबुझाई गर्दा नमानेपछि छोराले आवेगमा आइ बुबालाई खुट्टा र लठ्ठीले शरीर र मुखमामा प्रहार गरेका हुन्। छोराको कुटाइबाट मुर्छित बाबुको भोलिपल्ट बिहान मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

घटनाको थप अनुसन्धानका लागि छोरा दुर्गा बहादुर रानालाई पक्राउ गरी जिल्ला अदालतमार्फत १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.