|
प्रहरीको बीचमा भारती

सल्यान : छायाँक्षेत्रमा एकैघरका ३ सहित ४ जनाको हत्या गरेको अभियोगमा सञ्जय भारतीलाई जिल्ला अदालत सल्यानले सर्बस्वसहित जन्मकैदको फैसला सुनाएको छ। 

छायाक्षेत्र ९ राना गाउँका भारतीले बैशाख १४ गते राती छायाक्षेत्र ९ रानागाउँ स्थित २३ बर्षकी सीता खान ठकुरी, उनका छोरीहरु ३ बर्षकी पवित्रा खान, १ बर्षकी सविता खान र सीताकी बहिनी सल्यान मधानाकी १८ बर्षकी गीता गिरीको बस्तुभाउ बाँध्ने किलाले हिर्काएर बिभत्स हत्या गरेका थिए। 

शुक्रबार जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीको इजलासले भारतीलाई सर्बस्वसहित जन्म कैदको फैसला सुनाएको हो। राणागाउँ हत्याकाण्डका हत्या आरोपी भारतीमाथि जिल्ला सरकारी वकिल कार्यालय मार्फत कर्तब्य ज्यान तथा जबरजस्ती करणीको मुद्दा दायर गरिएको थियो।

घटनाको भएको २४ घण्टा नवित्दै प्रहरीले भारतीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो। घटनाको अनुसन्धानका लागि मध्यपश्चिम क्षेत्रिय प्रहरी कुकुर शाखा कोहलपुरबाट ल्याइएको भुन्टी नामक कुकुरले सञ्जयलाई पक्रन सहयोग गरेको थियो। भाारतीले अत्याधिक मदिरा सेवन गरी बलात्कार गर्ने सोचका साथ मृतकको घरमा पुगेर हत्या गरेको बयानमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.