|

जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ।

दुर्घटना भएका दुई ओटा सुनखानीमा ६० देखि ७० जना कामदारहरू रहेकाले उनीहरू अधिकांशको मृत्यु भएको आशका गरिएको अधिकारीहरूले बताएका छन्। स्थानीय सरकारका सार्वजनिक सेवासम्बन्धी मन्त्री जुली मोयोले अवैध रूपमा संचालनमा रहेका सुनखानीका कामदारहरू पुरिएको जानकारी दिइन्।

उनका अनुसार देशको पश्चिमी प्रान्त मशोनाल्याण्डमा सो घटना भएको हो। उनीहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून रहेको उनले बताइन्। अत्यधिक वर्षा भएकाले उद्धार कार्यमा कठिनाई भएको उनको भनाई छ। दुवै पानीको खाल्डोबाट पानी बाहिर निकालिएको स्थानीय अधिकारीहरूले बताएका छन्। उद्धार कार्यमा खटिएकाहरूले आइतबार शव निकालिने अपेक्षा गरेका छन्।

जिम्बाबेका राष्ट्रपति इम्मर्सन मनाङग्वाले प्रकोपको घोषणा गर्दै घटनामा पीडितहरूप्रति सहानुभूति व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.