|

डोल्पा : यहाँको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा रहेको छ। छलगाड लघु जलविद्युत आयोजनाको जेनरेटरमा प्रयोग हुने लेदर फिता चुँडिएपछि नगरपालिकामा दुईसातादेखि विद्युत आपूर्ति ठप्प भएको हो।

विद्युत आपूर्ति बन्द भएपछि त्रिपुराकोट, गल्ली, करेलीकाँडा,बगर लगायतका बस्तीका स्थानीयबासी अन्धकारमा बस्न बाध्य भएका छन्। बिजुली बत्ती नहुँदा मोवाइल चार्ज गर्न समस्या हुनुका साथै सरकारी तथा गैह्र सरकारी कामकाज सम्पादनमा समेत समस्या भएको स्थानीय हरिचन्द्र बिष्टले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.