|

कांग्रेस नेता एवं प्रदेशमन्त्री नवजोत सिंह सिद्धूलाई भारतीय चर्चित कमेडी शो 'द कपिल शर्मा शो'बाट निकाला गरिएको छ। जम्मु-कश्मिरको पुलवामामा भएको आतकंवादी घटनाका विषयमा उनले गरेको टिप्पणीलाई लिएर शोबाट निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतीय नागरिकले उक्त घटनाको कडा निन्दा गरिरहेका बेला उनले पनि आफ्नो टिप्पणी राखेका थिए। घटनाप्रति उनको टिप्पणीपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनीमाथि ट्रोल गर्दै कपिल शर्मा शोबाट हटाउन माग गरेका थिए। सामाजिक सञ्जाल प्रयोगकर्ताको मागलाई सम्बोधन गर्दै शोबाट उनलाई हटाइएको भारतीय सञ्चार माध्यम इन्डिया टुडेले जनाएको छ। सिद्धूको स्थानमा अब अर्चना पूरण सिंह देखिने छिन्।

पूर्वक्रिकेट समेत रहेका सिद्धूले सम्वादाताहरूसँग कुराकानी गर्दै केही व्यक्तिको कर्तुतका कारण पूरा देशलाई जिम्मेवार ठान्न नहुने भन्दै उनले पाकिस्तानको बचाउ गरेका थिए। उनले मिडियामा कुरा गर्दै भनेका थिए, 'के केही व्यक्तिको कर्तुतलाई लिएर पूरै देशलाई जिम्मेवार ठान्न सकिन्छ? यो एक हिंस्रक घटना हो, यसलाई म कडा शब्दमा निन्दा गर्छु। हिंसालाई कुनै पनि तरिकाले स्वीकृति दिन सकिदैन। जसले यस्तो गरे उनीहरूलाई कडा सजाय दिनुपर्छ।' उनले भारत र पाकिस्ताबीचको विवादको स्थायी समाधान खोज्नु पर्ने पनि बताएका थिए।

यसअघि सिद्धू पाकिस्तानी प्रधानमन्त्री इमरान खानको शपथ ग्रहणमा पुगेका थिए। उनी पाकिस्तानका सुरक्षा प्रमुखसँगै बसेको भन्दै उनको कडा आलोचनासमेत भएको थियो।

बिहीबार जम्मु कश्मिरको पुलवामामा भएको आतंकवादी हमलामा ४० सुरक्षाकर्मीको ज्यान गएको थियो। आतंकवादी संगठन जैश-ए-मोहम्मदको हात्मघाती हमलाकर्ताले विष्फोटक पदार्थले भरिएको गाडीले सुरक्षाकर्मीहरू चढेको बसमा ठक्कर दिएका थिए। त्यसपछि बम विष्फोटको ठूलो धमाका भएको थियो। उक्त घटनापछि भारत शोकमा डुबेको छ।

सिद्धूले यसरी दिए सफाइ :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.