|

हेटौंडा : मकवानपुर जिल्ला सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ। शनिबार हेटौंडामा औपचारिक कार्यक्रम आयोजना गरी मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको हो।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गर्दै आगामी चार वर्षभित्रमा प्रदेशलाई पूर्णरुपमा सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिने बताए। मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार मकवानपुर जिल्लालाई सडक मानवमुक्त घोषणा गरिएको बताए।

देशमै पहिलो पटक मकवानपुर जिल्लालाई सडक मानवमुक्त घोषणा गरिएको छ। आगामी वर्षबाट प्रदेशका अन्य जिल्लालाई समेत क्रमशः घोषणा गरिँदै लगिँनेछ। त्यसका लागि आवश्यक बजेट प्रदेश सरकारले विनियोजन गर्नेछ।’ मुख्यमन्त्री पौडेलले प्रदेशभरका असहाय, बृद्धबृद्धा तथा बालबालिका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले प्रदेश ३ का सवै स्थानीय निकायलाई युवा, बालबालिका, बृद्धबृद्धा तथा लक्षित वर्गका लागि छुट्याइएको बजेट सोही क्षेत्रमा खर्च गर्न पनि निर्देशन दिए।

मकवानपुर जिल्लामा २०६८ सालदेखि मानव सेवा आश्रमले विविध कारणले सडकमा कष्टकर जीवनयापन गर्न बाध्य भइरहेको बालबालिका, बृद्धबृद्धा तथा मनोरोगीहरूलाई हेरचाह गरिरहेको छ। प्रदेश ३ सरकारले मानव सेवा आश्रमको भवन निर्माणका लागि यसवर्ष ४० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो। फलस्वरुप हेटौंडा ९ कमानेमा मानव सेवा आश्रमले आश्रितका लागि राख्न भवन निर्माणको कार्यलाई तीब्र रुपमा अगाडि बढाइरहेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.