|

लहान : सिरहाको गोलबजार नगरपालिका ५ असनपुरस्थित सार्वनजनिक पोखरीको पानीमा शनिबार अपरान्ह प्लाष्टिकमा प्याक गरिएको अवस्थामा कटुवा पेस्तोल भेटिएको छ।

स्थानीय महन्थी सार्वजनिक पोखरीमा प्लाष्टिकमा प्याक गरी पानीमा डुबेको अवस्थामा रहेको पेस्तोल खेल्दै पुगेका बालबालिकाले देखेपछि स्थानीय बासिन्दाले गरेको खबरको आधारमा सशस्त्र प्रहरीले कटुवा पेस्तोल फेला पारेको हो । स्थानीय बासिन्दाले खवर गरेलगत्तै गोलबजारस्थित सशस्त्र प्रही बल सुरक्षा बेस क्याम्पबाट गएको सशस्त्र प्रहरी टोलीले फेला पारेको कटुवा पेस्तोल आवश्यक प्रकृया पूरा गरी नेपाल प्रहरीलाई बुझाएको छ।

सशस्त्र प्रहरी बलको टोलीले पोखरीमा फेला पारेको कटुवा पेस्तोल गोलबजारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन घिमिरेलाई बुझाएको हो। प्रहरी निरीक्षक घिमिरेले पोखरीमा भेटिएको पेस्तोलको विषयमा अनुसन्धान थालिएको र त्यसमा संलग्न व्यक्तिको खोजी गरी पक्राउपछि मुद्दा चलाइने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.