|

कपिलवस्तु : कपिलवस्तुको मायादेवी गाउँपालिकामा अवैध सुर्तीसहित दुई जना पक्राउ परेका छन् । तौलिहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत मायादेवी गाउपालिका– १ बर्रोहियामा भारतबाट अवैध रूपमा भित्राइएको ८ सय २० केजी सुर्तीसहित उनीहरूलाई पक्राउ गरिएको  हो। प्रदेश-५ दाङबाट खटिएको विशेष टोलीले लु १ च ५२२६ नम्बरको बोलेरो जीपमा राखिएको अवस्थामा सो सुर्तीसहित २ जनालाई नियन्त्रण्मा लिइएको जनाएको छ। प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार बरामद सुर्ती पकडी बजारदेखि सो बोलेरो गाडीमा लोड गरी तौलिहवातर्फ जाँदै थियो।

बरामद सुर्तीको अन्दाजी मूल्य २ लाख नौ सय रहेको उनले बताए। सो गाडीका चालक रुपन्देही गैडहवा गाउपालिका– २ का सफिकुल रहमान, कपिलवस्तुका मायादेबी गाउपालिका– ६ का विनोद हरिजनलाई समेत नियन्त्रणमा लिइएको उनले बताए। सुर्तीसहित गाडी र पक्राउ परेको दुवै अभियुक्तलाई ईलाका प्रहरी कार्यालय पकडीमा बुझाइएको प्रहरी निरीक्षक बोधराज रेग्मीले बताए।

यस्तै गत फागनु २ गते कृष्णनगर नगरपालिका– ५ बगही खोलामा ५ बोरा अवैध सुर्ती बरामद गरिएको थियो। कपिलवस्तु प्रहरीको विशेष टोलीले भारतबाट अवैध रूपमा भित्र्याइएका अन्दाजी एक लाख मूल्यका सुर्ती बरामद गरेको थियो। सुर्ती बोकेर ल्याउने मानिस भने फरार भएको प्रहरी नायव उपरीक्षक रवी रावलले बताए। खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले भारतबाट सुर्ती नेपाल भित्र्याउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.