|

रुकुम : नेपाली कांगेसका नेता हृदयराम थानीले संघीयता असफल बनाउन संघीय सरकार नै सक्रिय रहेको गम्भीर आरोप लगाएका छन्। संघीयताको संस्थागत र कार्यन्वयन गर्नुपर्नेमा दायित्यमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सिंगो सरकार नै त्यस विरोधी अभियानमा सक्रिय रहेको उनको आरोप छ। नेपाल प्रेस युनियन रुकुम पश्चिमले सदरमुकाम खलंगामा शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

नयाँ संविधानले अधिकार सम्पन्न गरेका स्थानीय तथा प्रदेश सरकारलाई विभिन्न वहाना बनाएर कमजोर र संघीय सरकार नै बलियो बनाई संघीयता नै असफल बनाउन लागेको उनको आरोप छ। प्रधानमन्त्रीकै पार्टीका नेताहरू प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ, संविधानअनुसार संघीय सरकारले अधिकार नदिएको उहाँहरूकै मुख्यमन्त्रीहरूको गुणासो छउनले भने, ‘स्थानीय सरकारहरूको पनि अधिकारमा हस्तक्षेप गरिएको छ, जिल्ला तहमा पनि पुरानै संरचना आउँदैछ।

एक अर्को प्रसंगमा पूर्वमन्त्रीसमेत रहेका नेता थानीले कर्णाली प्रदेशमा बाँके र बर्दिया जिल्ला जोड्नुपर्ने धारणा राखे। भारतको सिमानासम्मको निकास पनि चाहिएको छ, ती सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरूले कर्णाली प्रदेशमा जोडिन चाहेको अभिव्यक्ति दिइसकेका छन’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.