|

काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा शनिबार वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले अहिले देशभर वर्षा र हिमपात भएको हो। अझै एक दुई दिन मौसम पूर्ण रूपमा नखुल्ने र घाम पनि खासै नदेखिने मौसम विद्हरूले अनुमान गरेका छन्।

पश्चिमी वायुको प्रभावले भारी वर्षाको सम्भावना नरहे पनि छिटफुट र मध्यमखालको वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् समिर श्रेष्ठले बताउँछन्। 'अझै एक/दुई दिन मौसम पूर्णरूपमा खुल्ने छैन र घाम पनि खासै लाग्ने छैनश्रेष्ठले भने। बुधबार बेलुका सुदूरपश्चिम भित्रिएको न्यून चापीय प्रणालीको प्रभावले बिहीबारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको हो।

शनिबार राति देशको पश्चिमी र मध्य भूभागमा आंशिक बदली रही मध्यपहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। आइतबार देशको पूर्वी तथा मध्यपहाडी भूभागमा र सोमबार पश्चिमी भूभागलगायत पूर्वी तथा मध्यपहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तैमा काठमाडौंको केन्द्र वसन्तपुरलाई शनिबार दिउँसो परेको पानीले मज्जाले भिजायो। वर्षाले वसन्तपुर क्षेत्रमा व्यापार गर्दै आएका व्यापारीलाई प्रभावित पार्‍यो भने पदयात्रुदेखि मोटरसाइकलमा सवारसम्मलाई मज्जाले रुझायो। थाहाखबरकर्मी दिपक केसीले वसन्तपुरममा वर्षाबाट सुरक्षित हुन मोटरसाइकलमा सवार रहँदै छाता ओड्नेदेखि पलास्टिकले शरीर ढाकेर हिँड्ने सम्मका केही रमाइला क्षणलाई आफ्नो क्यामेरामा कैद गर्ने सफल भए। हेरौँ, उनको क्यामेरामा कैद भएको भिजेको वसन्तपुर:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.