|

बागलुङ : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिगो आर्थिक समृद्धिका लागि देशमा नयाँ दौड सुरु भएको बताएका छन्। मध्यपहाडी पुष्पलाल लोकमार्गअभियान अन्तर्गत असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा२०७५को नारा बोकेर बागलुङमा पनि जनसम्वाद कार्यक्रम लिएर आएका भट्टराईले हिजो रहेको राजनीतिक रिले दौड समाप्त भएकाले अब आर्थिक विकासको लागि नयाँ दौड सुरु गर्नुपरेको बताए।

हिजो देशमा कयन राजनीतिक परिवर्तन गर्नुपर्ने अवस्था थियो, चार सय मिटरको रिले दौड चार जनाले पूरा गरे जस्तै राजनीतिक उपलब्धि हाँसिलका लागि कांग्रेस, एमाले र माओवादीले पालैपालो संघर्ष गरेभट्टराईले भने अब पालो आर्थिक विकासको दौडको हो जसको सुरुवात भइसकेको छ।

देशको आर्थिक विकासका लागि पूर्वाधार निर्माणमा बजेट छरेर मात्रै विकास नहुने भन्दै एकीकृत योजनाहरू बनाएर अघि बढ्नुपर्नेमा उनको जोड थियो। मध्येपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोर लगायतका पाँचवटा कोरिडोरले समग्र देशको सडकको प्रतिनिधित्व गर्नेगरी काम सुरु गरिएको भन्दै भट्टराईले नयाँ सोचका साथ विकास निर्माणका काममा अघि बढ्न सबै राजनीतिक दलहरूलाई सुझाव दिए।

आफूले मध्येपहाडी लोकमार्ग आसपासको अवस्था र विकासलाई बुझेर प्रतिवेदन तयार गर्न अभियान चलाएको भन्दै उनले विकासको खाका सहितको प्रतिवेदन तयार गरिने दावी गरे। भ्रष्टाचारबाट कोही पनि मुक्त नभएको भन्दै भट्टराईले देशको भ्रष्टचार रोक्न लोकपालको व्यवस्था हुनुपर्ने बताए।

अख्तियार जस्ता नियमनकारी निकायमा नै चरम भ्रष्टाचार रहेकाले नयाँ व्यवस्थाको खोजी अपरिहार्य रहेको उनको तर्क थियो। देशमा स्रोत साधनको अभाव छैन, हामीले समृद्धिका लागि कयौं काम गर्न सक्छौंभट्टराईले भने यहाँ त राजनीतिक इमान्दारीता र सदाचारीताको खाँचो छ।’  सार्वजनिक छवि भएका व्यक्तिहरूलाई संसदप्रति उत्तरदायी बनाएर राष्ट्रपतिदेखि तल्ला पदहरूमा पनि छानबिन गर्ने अधिकारसहितको लोकपालको व्यवस्था गरिएमा मात्र देशको भ्रष्टाचारी प्रवृत्ति अन्त्य हुने उनको भनाइ छ।

उनले देशमा राजनीतिक प्रदूषण रहेको भन्दै त्यसको शुद्धीकरणका लागि नयाँ तरिका अवश्यकता परेको बताए। हामीले निश्चित लक्ष्य राखेर सिद्धान्तलाई अंगालेर राजनीतिक लडाइँ लडेका हुन्छौंउनले भने मान्नुस भैरवाका लागि तय भएको यात्रा भैरहवा पुगेपछि टुंगिन्छ त्यसपछि नयाँ यात्रा तय गर्नुपर्छ, त्यसरी नै हामीले नयाँ यात्रा तय गरेका छौं, हाम्रो लक्ष्य अन्तरिक्षमा पुग्ने हो।वर्तमान नेकपा गठबन्धनलाई संकेत गर्दै भट्टराईले देशमा परिवर्तनका खातिर लडेका सबै शक्तिले बाटो बदलिसकेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.