|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रदेशको समृद्धिको लागि हरेक वर्ग, जात धर्म, तह र तप्काबीच समानता ल्याउने बाटोमा प्रदेश सरकार अग्रसर रहेको बताएका छन्। सदियौँदेखि विभेदमा परेको मधेशी, महिला, मुस्लिम, आदिवासी, जनजाति लगायतलाई समाजको मुल धारमा ल्याउने र समानता स्थापको मुख्य उद्देश्यका साथ प्रदेश २ सरकारले विभिन्न कार्यक्रमहरू ल्याएको बताएका हुन्।

संघीय समाजवादी फोरम नेपाल महोत्तरीद्वारा सदमुकाम जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समाजमा समानताको अनुभूति नभएसम्म समृद्धिको कल्पना स्वप्न मात्र हुने भएकोले प्रदेश सरकार समानताको पथमा अगाडि बढेको दाबी गरे। मुख्यमन्त्री राउतले बेटी पढाऊ, बेटी बचाऊअभियान मुख्यमन्त्री स्वच्छता अभियानदलित सशक्तिकरण ऐन, मदरसा शिक्षा बोर्ड, जस्ता कार्यक्रमहरूबारे चर्चा गर्दै यस्ता कार्यक्रमहरूले समाजमा समानता ल्याउने विश्वाससमेत व्यक्त गरे।

संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री राउतले समानता र समावेशिताको सबलामा पार्टीको धारणासमेत स्पष्ट रहेको उल्लेख गर्दै पार्टीले केन्द्रदेखि प्रदेशसम्म दिएको जिम्मेवारीहरूले समेत पुष्टि गरी सकेको दाबी गरे। जिल्ला अध्यक्ष राम नरेश रायको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी राजनीतिक समितिका सदस्य एवं पूर्वमन्त्री हरिनारायण यादव, संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिंह कुशवाहा, प्रदेशसभा सदस्य कौशल कुमार यादव, पार्टीका केन्द्रीय सदस्यहरू नागेन्द्र यादव, राम दरेश यादव, डा. रामविर यादवसहितका वक्ताहरूले सम्बोधन गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा तत्कालीन फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सुरेश साहको नेतृत्वमा करिब पाँच सय नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन्। नव प्रवेशीहरूलाई मुख्यमन्त्री राउतसहितका अतिथिहरूले अविर माला लगाई स्वागत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.