|

भक्तपुर : सूर्यविनायक नगरपालिका७ घ्याम्पेडाँडामा शनिबार दिउँसो चट्याङ पर्दा आठ जना घाइते भएका छन्। चट्याङबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका पिकनिक मनाउन आएका ६ जना विद्यार्थीसहित आठ जना घाइते भएका हुन्।

घाइते हुनेहरूमा हाल कीर्तिपुर बस्ने मोरङ कोशी दरैचा नगरपालिका ४ को २५ वर्षीय रबि पाण्डे, कैलाली गौरी नगरपालिका १ का २५ वर्षीय जीवन भण्डारी, स्याङजा कालीगण्डकी गायँपालिका ४ का २४ वर्षिय कमल पाण्डे, नवलपरासी सुस्ता गाउँपालिका ५ का २५ वर्षीय सत्तेनन्द गुप्ता, ओखलढुंगा  रुम्जाटार घर भई त्रिभुवन विश्वविद्यालयमा सुरक्षा गार्डमा कार्यरत ५७ वर्षीय ललित गुरुङ र सर्लाही घर सोही विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने २९ वर्षीया सीता खड्का रहेका छन्।

त्यसैगरी जाजरकोट नालगाठ नगरपालिका ७ घर भई हाल.कीर्तिपुर २३ वर्षीय महेश गिरी र लमजुङ बेसीशहर नगरपालिका ७ घर भई हाल काठमाडौं सामाखुशी बस्ने २३ वर्षीय नारायण बस्नेत घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

घाइतेहरूको अवस्था सामान्य रहेको र सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.