|

सुनसरी : आयोजक धरान फुटवल क्लबलाई ट्राइवेकरमा पराजित गर्दै क्यामरुनी फुटबल क्लब डाउफिन्सले २१ औँ बूढासुब्बा गोल्डकपको उपाधि उचालेको छ।

उपाधिसँगै डाफिन्सले नगद ८ लाख ट्रफी तथा प्रमाणपत्र हात पारेको छ। चार पटकको उपविजेता आयोजक धरान फुटबल क्लब गोल्डकपको पाचौँपटक पनि उपविजेता हुँदै उपाधिविहीन बनेको छ। उपविजेता धराने नगद ४ लाख प्रमाणपत्र र ट्रफीमा चित्त बुझायो। १२ वर्षपछि फाइनल पुगेको धरान शनिबार भएको फाइनलमा पहिलो पटक गोल्डपका सहभागी पाहुना टोली क्यामरुनी क्लब डाफिन्ससँग ट्राइवकरमा ३ २ गोलले पराजित हुँदै उपाधिविहीन बनेको हो।

डाफिन्सको लागि जो एन्गोला, पेटन्गा र यानिक ओवनाले ट्राइवेकरमा गोल गर्दा एक्वोना र वियिकको प्रहार भने बाहिरिएको थियो। धरानका लागि दोर्जे तामाङ र प्रकाश बुढाथोकीले गोल गर्दा योगेश राईको प्रहार बाहिरियो। हेमन्त थापामगर र मिलन राईको प्रहार डफिन्सका गोल रक्षक प्रिसो एन्जङ्गाले रोकेपछि धरान उपाधिविहीन बन्न पुग्यो।

उपविजेता धरानले विधागत पुरस्कारमा भने कब्जा जमायो। धरानका मनोज राई वेष्ट डिफेन्स हुँदा हेमन्त थापामगर वेष्ट मिडफिल्डर हुँदै नगद २५/२५ हजार पाए । वेष्ट स्ट्राकर धरानका मिलन राई हुँदै २५ हजार पाए। सर्वोउत्कृष्ट खेलाडी हुँदै धरान डिफेन्स विष्णु सुनुवार डियो स्कुटी पाए। फाइनल खेलको म्यान अफ दि म्याच धरानका गोल रक्षक विनय श्रेष्ठ हुर्दै नगद १५ हजार पाए।

गोल्डकपको २१ औँ संस्करणमा २ गोल गरेका डाफिन्सका एन्जामा यानिकले सर्वाधिक गोलकर्ताको उपाधिसँगै नगद ३५ हजार पाए भने डाफिन्सका औरेल इनामीले वेष्ट कोचको उपाधिसगै नगद २५ हजार पाए। उत्कृट गोलकिपरको उपाधिसँगै डाफिन्सका गोल रक्षक प्रीसो एन्जङ्गाले नगद २५ हजार पाए। विजेता टिमलाई प्रदेश १ का मुख्य मन्त्री शेरधनराईले ट्रफी प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.