|
प्रतीकात्मक तस्बिर

काठमाडौं : चट्याङ लागेर अर्घाखाँची र प्युठानमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

शनिबार साँझ चट्याङ लागेर अर्घाखाँचीको मालारानी गाउँपालिका ८ बझेरीका २६ वर्षीय युवराज अधिकारीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। उनका अनुसार अधिकारीको घटनास्थलमै मृत्यु भएको जनाइएको हो।

त्यस्तै, प्यूठानको गौमुखी गाउँपालिका ३ रजवारा निवासी ६७ वर्षीय धनबहादुर मल्लको पनि चट्याङ लागेर मृत्यु भएको छ। चट्याङ लागेर १४ शर्मीला मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए। मल्लको दिउँसो ३ बजे घटनास्थलमै मृत्यु भएको थियो भने शर्मीला सामान्य घाइते भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.