|

काठमाडौं : सरकारले समाजकल्याण परिषद्का सबै पदाधिकारीलाई बर्खास्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषमा अनियमितता गरेको भन्दै परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यसचिव डिल्लीप्रसाद भट्ट तथा सदस्यहरु इन्द्रप्रसाद झा र गोकर्णप्रसाद भट्टलाई बर्खास्त गरेको हो भन्ने खबर राजधानी दैनिकमा छ। 

यसअघि सरकाले उनीहरुसँग दुईपटक स्पष्टीकरण लिएको थियो। परिषद्का पदाधिकारीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र उनीहरू अनियमिततामा मुछिएको भन्दै सरकारले सबैलाई बर्खास्त गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.