|

पर्वत : पवित्र तिर्थस्थलको रुपमा चिनिएको पर्वतको मोदीबेणीधामबाट शनिबार राति शालिग्राम चोरी भएका छन्। 

मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरमा रहेका झण्डै ५० ओटा शालिग्राममध्ये ४७ ओटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिए। मन्दिरमा रहेको मुख्य शालिग्राम सहित अरु साना शालिग्राम पनि चोरी भएका हुन्। 

चोरले मन्दिरको ढोका नै फुटाएर शालिग्राम शिलासहित दान पेटीका समेत लगेको पनि उनले बताए। ‘दान पेटीकामा भने खास पैसा थिएन्।’ बैरागीले भने, ‘शालिग्राम भने लगभग ७ सय बर्ष अगाडिका हुन्।’ सबै शालिग्रामको तौल लगभग एक सय किलो हुने भएकोले यसमा एक जना मात्रै संलग्न नभएर गिरोहले नै चोरी गरेको हुन सक्ने अुनमान गरिएको छ। 

पूजाआजाका लागि बिहान ४ बजे पुजारी र भक्तजनहरु मन्दिरमा जाने क्रममा ढोका तोडेर शालिग्राम चोरी भएको थाहा भएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले चोरी भएको स्थलको अवलोकनपछि प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको बताए। 

शालिग्राम शिला एउटाकै मूल्य पर्छ भन्ने एकिन छैन्। तर मुस्ताङको मुक्तिनाथमा शालिग्राम बिक्री गर्ने व्यवसायीहरुले एउटा शिलालाई १० हजार रुपैयाँ सम्म बिक्री गर्ने गरेको पाइन्छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.