|

चितवन : चट्याङले क्षति पुर्‍याएपछि मनकामना केबलकार आइतबार सञ्चालन नहुने भएको छ। शनिवार साँझ ७ बजे परेको चट्याङले केबलकारमा क्षति पुगेकाले एक दिन बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ। 

चट्याङले क्षति पुर्‍याएको केबलकारमा आइतबार मर्र्मतपछि सोमबारदेखि सञ्चालनमा आउने जनाइएको छ। केबलकार बन्द हुँदा मनकामना दर्शनका लागि आउने दर्शनार्थीलाई असहज हुने भएको छ। गोरखा मनकामना मन्दिरको दर्शन गर्न दैनिक हजारौँ दर्शनार्थीहरु जाने गर्दछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.