|

जम्मू–काश्मीरको पुलवामामा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपछि शनिबार भएको विष्फोटमा सेनाको मेजरको मृत्यु भएको छ। 

रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दलेका अनुसार  राजौरीको नौशेरा सेक्टर भएको घटनामा सेनाका मेजर चित्रेश सिंहको मृत्यु भएको पुष्टी गरे। 

प्रवक्ता आनन्दका अनुसार शनिबार दिउँसो तीन बजेतिर मेजर नियमित गस्तीमा थिए। त्यतिबेला उनले भर्खरै खनेको माटो देखे। उनले तत्काल जमिनको तलासी लिन थाले, अचानक त्यहाँ विस्फोट भयो। त्यहाँ विस्फोटक पदार्थ राखिएको थियो। उनकासाथ रहेका अर्का एक जवान गम्भीर घाइते भएका छन्। उनको उपचार भैरहेको छ। 

गत  बिहीबार भारतीय सुरक्षाकर्मीमाथि भएको आत्मघाती आक्रमणमा परी ४० जना भारतीय अर्धसैनिक बलका जवानको निधन भएको थियो। आफ्ना सुरक्षा कर्मीमाथि आक्रमण पाकिस्तानले गरेको भारतको आरोप छ भने पाकिस्तानले आफूहरुको त्यस्तै निती नभएको र आफूहरु सधै शान्तिको पक्षमा रहेको प्रष्टिकरण दिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.