|

दाङ :  एकजनाले  मात्र नभई टिमले गर्दा  नेपालमा फिल्म सफल हुने नायक दिलीप रायमाझीले  बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले शनिबार तुलसीपुरको गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कुनै समय नेपाली सिनेमा क्षेत्रमा एक छत्र राज गरेका भर्सटाइल एक्टर राईमाझीले फिल्म चल्ने कलाकार, निर्माता, निर्देशक, नृत्य, द्वन्द्व, गीतसंगीत सबैको तालमेल भएमात्र सफल हुने उनले बताए।  

उनले पछिल्लो समयको ब्लकबस्टर फिल्म छक्का पन्जा र यसको सिरिज यसैको ज्वलन्त उदाहरण भएको बताए। रायमाझीले आफुलाई दर्पणछाया जस्तै सुपरहिट फिल्म फेरि गर्न मन भएको भएपनी त्यस्तो टिम भने भेटाउन नसकेको बताए। अमेरिका बसाई पछिको कमब्याक किन सुखद हुन सकेन भन्ने पत्रकारको जिज्ञासामा रायमाझीले भने म एक्लैले गर्दा फिल्म चल्ने होइन मैले माथी भने जस्तो टिमवर्क मिल्न सकेन फलस्वरूप मैले काम गरेका फिल्मले सोचे अनुसारको व्यापार गर्न सकेन।

त्यसैगरी रायमाझीले तत्काल फिल्म निर्देशन गर्ने कुनै सोच नभएको र अझै केही समय बाहिरी ब्यानरका फिल्ममै काम गर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.