|

काठमाडौं : ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुईजना टिपर चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका -४ का ओमबहादुर कार्की र सोहीका लक्ष्य पन्त रहेका छन्। उनीहरूलाई कालिमाटी प्रहरीले शनिबार राति बल्खुबाट पक्राउ गरेको हो।

बल्खुमा चेकिङमा रहेका ट्राफिक प्रहरी टोलीले सवारीहरू चेकजाँच गर्ने क्रममा ओम कार्कीले चलाएको बा४ख ६७७१ नम्बरको टिपर र लक्ष्य पन्तले चलाएको बा३ख ६५६८ नम्बरको टिपर चेक गर्ने क्रममा उनीहरूले कागज पत्र नभएको र मिलाइदिनु भनेर दुवैको संयुक्त रूपमा भनेर पाँच सयदिन खोज्दा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका दुवैजनालाई कालिमाटी प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.