|

काठमाडौं :  कर्मचारी समायोजनको विरोध गर्दै आएका सरकारी चिकित्सकहरूले पुन: आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका छन्। सरकारी चिकित्सकहरूलाई  संघअन्तर्गगत राख्नुपर्ने अडानमा रहेको सरकारी चिकित्सक संघले साताव्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको हो। आइतबार पत्रकार सम्मेलन गर्दै संघले  विरोधका कार्यक्रम सार्वजनिक गरेको हो।

संघले सार्वजनिक गरेका विरोधका कार्यक्रममा सामूहिक बिदा बस्ने, आकस्मिक बाहेकका सेवा नदिने र आफूहरूको माग सुनुवाइ नभए सामूहिक राजीनामा दिनेसम्मका कार्यक्रम छन्।

संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले आफूहरूसँग सरकारले गत पुस ३० मा गरेको सम्झौँताविपरीत हुने गरी समायोजन गर्न थालेको आभाष पाएपछि दबाबका लागि विरोधका कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए। उनले चिकित्साशास्त्र अरूभन्दा फरक बिदा भएको भन्दै निरन्तर अध्ययन अध्यापन, तालिम सिकाइ हासिल गर्नुपर्ने विषय भएकोले संघबाट छुट्याएर प्रदेश तथा स्थानीय तहमा राख्न नमिल्ने बताए।

विरोधका कार्यक्रममा माग पूरा गर्न स्वास्थ्य मन्त्रालयमा हदैसम्मको ताकेता गर्ने, समायोजन विधेयक सच्याउन राष्ट्रियसभाका अध्यक्षलाई ताकेता गर्ने लगायतका छन्। यस्तै, सोमबारबाट ८ औँ देखि ११ औँ तहसम्मका चिकित्सकहरूलाई स्वैच्छिक राजीनामाका लागि हस्ताक्षर संकलन गर्ने, समायोजन विधेयक सच्याउन लगाउन राष्ट्रपतिलाई आग्रह गर्ने मंगलबार माइतीघर मण्डलामा विरोधसहित रक्तदान गरी समायोजनको विद्यमान व्यवस्थाको विरोध जनाउने र आफ्नो एजेन्डा सुसूचित गर्ने कार्यक्रम राखेको छ।

आन्दोलनकै कार्यक्रम स्वरूप गोदानले बुधबार देशभरका चिकित्सकहरू सामूहिक बिदामा बस्ने, बिहीबार संकलिन हस्ताक्षर बुझाउन मोफसलका चिकित्सक राजधानी हिँड्ने र शुक्रबार आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलन गर्ने कार्यक्रम छ।  हाल देशभर १४ सयभन्दा बढी चिकित्सकहरू सरकारी सेवामा आबद्ध रहेका छन् भने त्यसमा २० प्रतिशत चिकित्सकहरू उपत्यकामा कार्यरत रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.