|

काठमाडौं : भन्सार छली गरी ल्याएका साडीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली रानीचुरी-१ का संजीव कार्की र बाराका जैनुदिन अनसारी रहेका छन्।

संजीव कार्कीले चलाएको भाडाको ना १ ज ५८८४ नम्बरको टाटा सुमोबाट वीरगंज हुँदै भन्सार छलिगरेको सामान आउँदै गरेको छ, भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग दक्षिणकालीले शनिबार राति चाल्नाखेलमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा उक्त टाटा सुमोबाट ७९ पिस साडी र १३ लेहंगा बरामद गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार उक्त साडी अनसारीको रहेको बताए। टाटा सुमोसहित दुबै जनालाई आवश्यक अनुसंन्धान र कारवाहिको लागी राजस्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर पठाइको बोगटीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.