|

पर्वत : पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा भएको जीप दुर्घटनामा ४ जना घाइते भएका छन्। बिहादी गाउँपालिकाको बर्राचौरबाट कुश्माका लागि छुटेको लु १ च ६१३५ नम्बरको जीप मुडकिुवामा रहेको माटेदेवल जनसहयोगी माध्यमिक बिद्यालयको नजिकै एक घरेको घुम्ती स्थानमा दुर्घटनामा परेको हो। 

दुर्घटनामा घाईते हुनेहरुमा जीपका चालक कुश्मा नगरपालिका ४ छमर्केका २२ बर्षिय सुकबहादुर दर्जी, फलेवास नगरपालिका ११ पाङराङका ६४ बर्षिय खिलप्रसाद भट्टराई र उनकी श्रीमती ५९ बर्षिया शिवकुमारी भट्टराई र बिहादी गाउँपालिका २ बर्राचौरका ४८ बर्षिय यादव गिरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी जवान रामकृष्ण पन्तले जानकारी दिए।

घाईते पाँचै जनालाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको छ। जीपका चालक दर्जीले जीपमा ब्रेक नलागेका कारण दुर्घटना भएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.