|

भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ।

सिएमआर सपिङ मलमा महिला र किशोरीको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो। प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ।

भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए। एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन्। प्रहरीले उक्त घटनाको छानबिन शुरु गरिसकेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.