|

काठमाडौं : छुट्टाछुट्टै ठाउँमा बालिका बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका २ मनकामना टोलका ३० वर्षीय रमेश बिक र सर्लाही ईश्वरपुर नगरपालिका ४ का २२ वर्षीय आकाश भण्डारी रहेका छन्।

बिकले आफ्नै छिमेकी तीन वर्षीया बालिकालाई  नजिकै धारामा लगी नुहाइदिन्छु भनी ललाईफकाई झाडीमा लगेर बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। त्यस्तै भण्डारीले पनि छिमेकी सात वर्षीया बालिकालाई पढाई दिन्छु भनी बालिकाकै कोठामा अप्राकृतिक मैथुन तथा जबरजस्ती करणी गर्न खोजेको भन्ने जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो।

उनीहरू दुबै जनामाथि अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.