|

नवलपरासी : बागेश्वरी असल शासन क्लब (बास) नवलपुरको प्रथम अधिवेशनले लक्ष्मी पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। किसान बचत तथा ॠण सहकारि संस्था लिमिटेड गैँडाकोटमा भएको तेस्रो साधारणसभा तथा प्रथम अधिवेसनले पौडेलको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेसनले निवर्तमान अध्यक्षमा यदुनाथ सिग्देल, उपाध्यक्षमा बेदप्रसाद काफ्ले, सचिवमा तेजेन्द्र राना, कोषाध्यक्षमा राजेन्द्र पौडेल र सदस्यहरुमा गोपाल प्रसाद सापकोटा अनिल परियार, युग परियार, बद्रीप्रसाद रिमाल र प्रदीप चौधरीलाइ चयन गरेको छ। संस्थाको सहसचिव र अन्य सदस्यपछि थप गर्ने निर्णय भएको निर्वाचन मण्डलका संयोजक तथा बास केन्द्रीय अध्यक्ष मन भण्डारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.