|

धनगढी : सुदूरपश्चिम प्रदेश सभाले आइतबार एजेन्डा नपाएपछि बैठक स्थगित गरिएको छ। विधायक तथा प्रदेश मामिला समितिमा रहेको ‘प्रदेश सभा सचिवालय व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’को प्रतिवेदन तयार नभएपछि बैठक स्थगित गर्नुपरेको सचिवालयका सचिव बालाराम शर्माले बताए।

‘विधेयकको प्रतिवेदन बुझाउने कार्य सूची रहेको थियो। तर विधेयक नआउने भएपछि बैठक स्थगित भएको हो ’ सचिव शर्माले बताए।आइतबार दुई पटक बैठक बस्दा पनि समितिमा कोरम पुगेको थिएन। कोरम नपुगेपछि प्रतिवेदन तयार हुन नसकेको सचिव शर्माले बताए। 

विधेयकको प्रतिवेदन वितरण गर्ने र विषय समयमा मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्य सूची रहे पनि मूल एजेन्डा नभएपछि बैठक स्थगित गरिएको उनले बताए। ‘मुख्यमन्त्रीले सम्बोधन गर्ने पत्र प्राप्त भएको थियो तर मूल एजेन्डा नभएकाले कार्य व्यवस्था परामर्श समितिले बैठक स्थगित गर्ने निर्णय गरेको हो’ सचिव शर्माले बताए।

प्रदेश सभाको अर्को बैठक फागुन ८ गत बिहान ९ बजे  बस्ने तोकिएको छ। ८ गते प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.