|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा सम्पन्न प्रथम मुख्यमन्त्री रनिङ सिल्ड पुरुष तर्फको भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जितेको छ। फाइनलमा रुकुम पश्चिमले सल्यानलाई ३-१ को सोझो सेटमा हराउदै उपाधि उचालेको हो।

रुकुमले सल्यानलाई पहिलो सेटमा २८-२६ दोस्रो सेटमा २५ -१९ र तेस्रो सेटमा २५-२३ को स्कोरमा पराजित गरेको हो। शुरुमा क्वाटर फाइनमा रुकुमलाई सहजै जितेको सल्यानले फाइनलमा राम्रो प्रदर्शन गर्न सकेन र सल्यान उपविजेतामा सीमित भयो। यसैबीच तेस्रो स्थानका लागि भएको खेलमा दैलेखलाई हराउँदै सुर्खेत पुरुष भलिबलको तेस्रो स्थानमा चित्त बुझाएको छ।

पुरुष तर्फ प्रथम भएको रुकुमले १ लाख, द्बितीय भएको सल्यानले ७५ हजार तथा तृतीय भएको सुर्खेतले ५० हजार पुरुस्कार प्राप्त गरेका छन्। यसैबीच महिला भलिबलतर्फ भने कालिकोटले उपाधि उचालेको छ। फाइनलमा रुकुम पश्चिमबिरुद्ध सहजै जित हासिल गर्दै कालिकोटले उपाधि चुमेको हो। महिला भलिवलतर्फ पनि कालिकोटले १ लाख, रुकुमपश्चिमले ७५ हजार तथा दैलेखले ५० हजार रकम प्राप्त गरेका छन्।

प्रतियोगितामा पुरुष तर्फको उत्कृष्ठ खेलाडी रकुम पश्चिमका डाइमण्ड खड्का घोषित भएका छन्। उनले तीन हजार ५०० प्राप्त गरे भने महिलातर्फ कालिकोटका पुष्पा शाही उत्कृष्ट खेलाडी घोषित भइन्। कर्णाली प्रदेशमा प्रदेश सरकार गठन भएपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो पटक मुख्यमन्त्री पुरुष र महिला भलिवल प्रतियोगिता आयोजना गरेको रिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.