|

जनकपुरधाम : धनुषाको जनकपुरधामबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। धनुषा जिल्लाको जनकपुरधाम उप–महानगरपालिका २० देवपुरा रुपैठाबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुरधाम उप–महानगरपालिकाका ३२ वर्षीय इसराफुल खान रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले खानको घरमा तलासी गर्दा कटुवा पेस्तोल थान १ र उक्त पेस्तोलको गोली २ राउण्डसहित उनलाई पक्राउ गरेको हो।

आफ्नै घरको बाक्सा भित्र लुकाइछिपाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको हो। यसैगरी सिरहा गोलबजार नगरपालिका ५ असनपुरस्थित सार्वजनिक पोखरीबाट शनिबार दिउँसो प्रहरीले कटुवा पेस्तोल १ थान बरामद गरेको छ। स्थानीयले उक्त पोखरीमा माछा मार्ने क्रममा पानीभित्र रातो प्लास्टिकले बेरिएको उक्त पेस्तोल फेला पारेको हो।

सशस्त्र प्रहरी सुरक्षा बेश गोलबजारमा जानकारी गराए पश्चात इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले उक्त पेस्तोल बरामद गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.