|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय स्वाभिमान,धार्मिक सदभावको लागि र हिन्‍दु राष्ट्र पुनर्स्थापनको लागि फागुनको दोस्रो सातादेखि स्वाभिमान यात्रा गर्ने भएको छ। मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुभारम्भ ताप्लेजुङ्गबाट फागुन १५ गतेबाट हुने भएको छ। पाथिभरा मन्दिरमा धार्मिक अनुष्ठान गरी सदरमुकाम फुङ्लिङमा बृहत्त आमसभा गरिने थापाले बताए। स्वाभिमान यात्राको दुरी २८०७ कि.मी हुनेछ।२५० भन्दा बढी साना ठूला सभाहरु सम्पन्न गर्ने उनले बताए। स्वभिमान यात्राको पशुपतिमा जलयात्रा गरि समापन गरिने भएको छ। अध्यक्ष कमल थापाले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापन पत्र बुझाउने बताएका छन। उनले कक्षा १० सम्म संस्कृत शिक्षा अनिवार्य हुनुपर्ने बताए।

उनले सो स्वाभिमान यात्रा हिन्दुराज्य घोषणा गर्ने र जातीय सदभाव कायम गर्ने अभियानको उदेश्य रहेको थापाले बताए। आइतबार बानेश्वरमा पार्टीको पत्रकार सम्मेलनमा बोल्दै सनातन हिन्दु धर्ममा आस्था राख्ने, छुवाछुत अन्त्य गर्ने,गाई हत्या गर्नुहुदैँन भन्दै उनले आफ्नो अभियानलाई साथ दिन राजनीतिक दल र धार्मिक संघ, संस्थाहरुलाई आव्हान गरे।

मन्दिर,मठ,गुम्बा, मस्जिद र चर्च सञ्चालन र व्यवस्थापनमा सरकारको नियन्त्रणको अन्त्य हुनुपर्ने अध्यक्ष थापाले बताए। 'पशुपतिनाथ,लुम्बिनी, र जानकी मन्दिरको सञ्चालन सम्बन्धित धर्म र सम्प्रदायकालाई जिम्मा लगाइनुपर्छ', उनले भने,'प्रत्येक गाउँपालिका र नगरपालिकामा एउटा गौशाला निर्माण हुनुपर्छ।'

उनले  आफ्नो पार्टीले प्रधानमन्त्रीको रोजगार भत्ताको कार्यक्रमको स्वागत गरेको बताए। सरकारले रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म बेरोजगार भत्ता दिनुपर्ने,एक परिवार र एक रोजगारीको कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। 'भ्रष्टाचार नियन्त्रण गर्न समेत सरकारले ठोस कदम चालोस,सबैभन्दा बढी भष्ट्राचार मन्त्रालयले नै नीतिगत निर्णय गरेर भ्रष्टाचार गर्न प्रोत्साहन गरिरहेको छ।अख्तियारलाई त्यस्तो क्षेत्रमा हेर्ने अधिकार समेत दिएको छैन', उनले भने।

 थापाले ०४७ साल यताका  उच्च पदस्थ व्यक्तिहरुका सम्पति छानविन गर्न समेत माग गरेका छन । सरकारले मेलम्ची खानेपानी आयोजनामा भएको घोटालाको छानविन गरि,वाइडबडी जहाज खरीदमा भएको अनियमितता  र भ्रष्टचारको छानविन गरि कानुन बमोजिम कारबाही गर्नुपर्ने उनले बताए।

तराई क्षेत्रमा राष्ट्रिय अखण्डतामा आँच पुर्याउने कार्यक्रम गरिरहेका,देश टुक्रयाउने अभिव्यक्ति दिदै हिड्ने समूहलाई कडा भन्दा कडा कार्वाही गर्न आग्रह गरेका छन।' लोभ,लालच देखाएर धर्म परिवर्तन गराउनेलाई रोक्ने,धर्म परिवर्तन गराउने संस्थालाई तत्काल बन्द गरिनुपर्छ', अध्यक्ष थापाले भने 'भारतसँग  सन १९५० मा भएको शान्ति तथा मैत्री सन्धि प्रतिस्थापन गर्दै नयाँ ढंगबाट सम्झौता गरि सिमा व्यवस्थित र नियमन गरिनुपर्छ।'

नेपाली नागरिकले सहज र सरल ढंगबाट नागरिकता पाउनुपर्ने समेत थापाले बताए। गैरनेपालीले नागरिकता प्रमाणपत्र लिएको सन्दर्भमा छानविन गरी उच्चस्तरीय आयोगको गठन गर्नुपर्ने र  गैर नेपालीले लिएको नागरिकता खारेज उनले बताए। विदेशमा रहेका नेपाली नागरिकहरुले समेत मतदान गर्न पाउने अध्यक्ष थापाको माग छ। आगामी निर्वाचनको मतदान कार्यक्रममा सहभागी हुने व्यवस्था गरि नागरिकलाई त्यसको इमान्दारीसाथ कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

देशमा प्रधानमन्त्री शेरबहादुर भएको अहिलेको भन्दा जटिल अवस्थामा जाने थापाले बताए। 'ओलीले मैले आशा गरेभन्दा कम नै काम गरेको छन।यद्यपि केही सकरात्मक काम पनि भएका छन।' 'ड्राइभर मात्र भएर हुन्न नि बाटो पनि राम्रो हुनुपर्छ।' पार्टीको स्वाभिमान यात्राको मुख्य उदेश्य जातको आधारमा मन्दिर प्रवेश निषेध खारेज गर्दै महिला वर्गको समान अधिकार स्थापना गर्दै लिङ्गभेद अन्त्य गर्ने, नियोजित रुपमा भइरहेको धर्म परिवर्तन कार्यलाई बन्द गर्नु रहेको उनले बताए।

नेपाललाई हिन्‍दुराष्ट्र घोषणा गर्न कमल थापाको सरकारसँग माग 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.