|

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलवर्न स्टार्स अस्ट्रेलियन घरेलु लिग बिगबासको फाइनलमा पराजित हुन पुगेको छ। अप्रत्याशित रूपमा ब्याटिङमा चुक्दा सन्दीपको टिम मेलर्बन डर्विमा मेलवर्न रेनेगेड्ससँग १३ रनले स्तब्ध बन्यो।

टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले स्टार्सको कसिलो बलिङका कारण ५ विकेटको क्षतिमा १४५ रन मात्र बनाएको थियो। सामान्य लक्ष्य पछ्याएको स्टार्टस भने उत्कृष्ट सुरुवातका बाबजुदलगातार विकेट पतनको सिकार हुँदा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रनमा नै समेटिएको थियो।

मेलर्वनले १२.६ ओभरमा पहिलो विकेट गुमाएको थियो। पहिलो विकेटका लागि स्टार्सका ओपनरहरू बेन डंक र मर्कोस् स्टोइनिसले ९३ रनको साझेदारी गरेका थिए। त्यसपछि ३९ रन मात्र जोड्दै १३२ रनमा नै सीमित भयो।

स्टार्सका ओपनर बेन डंकले ५७ रन र मर्कोस् स्टोइनिसले ३९ रन जोडे। तर अन्य ब्याट्सम्यान एकपछि अर्को गर्दै पेभिलियन फर्किएका थिए। बलिङमा रेनेगेड्सका ड्यानियल क्रिस्टियन, क्रिस ट्रेमेन र क्यामरन बोएसले समान २–२ विकेट लिए। त्यसअघि रेनेगेड्सका लागि टम कुपरले नटआउट ४३ र ड्यानियल क्रिस्टियनले नटआउट ३८ रन जोडेका थिए। सुरुवाती ब्याटिङ नचले पनि रेनेगेड्लाई मध्यक्रमले जोगाएको थियो।

सामान्य स्कोरमा रोक्नका लागि स्टार्सका ज्याक्सन बर्ड र एडम जाम्पाले समान २–२ विकेट लिएका थिए। नेपाली स्टार सन्दीप लामिछाने भने विकेटविहीन रहे। कसिलो बलिङ गरेका सन्दीपले ४ ओभरमा  १६ रन मात्र खर्चिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.