|
File Photo

लहान : सप्तरीको राजविराजस्थित मालपोत कार्यालयका दुई जना कर्मचारी सेवाग्राहीसँग लिएको घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

सुनसरीको इटहरीबाट खटिएको आयोग टोलीले आइतबार मालपोतका मुद्दा तथा प्रशासन फाँटका नायव सुब्बा रामनारायण शर्मा तथा कम्प्युटर अपरेटर राजेशकुमार साहलाई तीन हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।

मोही कायम भएको जग्गाको बाँडफाँड गरी श्रेस्ता कायम गराउने भन्दै सेवाग्राहीबाट लिएको तीन हजार रुपैयाँ घुस रकमसहित शर्मा र साह पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानको लागि सुनसरीको इटहरी लगिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.