|

भक्तपुर : भक्तपुर प्रहरीले चोरी र लागुऔषध ओसारपसारमा संलग्न ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले आइतबार पत्रकार सम्मेलन गरी चोरीका सामान, चोरी कार्यमा प्रयोग गरिएको सवारी साधन, लागुऔषध र लागुऔषध ओसारपसारमा प्रयोग भएको सवारी साधनसहित उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका ९ मा निर्माणाधीन बहुउद्देश्यीय भवन र देगइना काठ फर्निचरबाट चोरी गरी ल्याइएको ४४ थान (३७.४४८ क्यु फिट) सालको चिरान काठसहित रामेछाप गेलु  गाउँपालिका–१ साउने स्थाई घर भई हाल भक्तपुर, सूर्यविनायक–६ बस्ने २४ वर्षीय मोहनलाल तामाङलाई पक्राउ गरिएको हो। उनीसँगै चोरीको काठ ओसारपसारमा प्रयोग गरिएको बा.४ ख.३५९३ नम्बरको निशान मिनिट्रकका चालक रामेछाप गेलु गाउँपालिका वडा नं. ११ अमभोटे स्थाई घर भई हाल काठमाडौं जडीबुटीमा बस्ने १९ वर्षीय राजन नेपालीलाई पक्राउ गरी सोधपुछ गर्नेक्रममा चोरीको काठ खरिद गर्ने थप दुई जनालाई पक्राउ गरिएको परिसर प्रमुख प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार चोरीको काठ खरिद बिक्री गर्ने रौतहट राजदेवी नगरपालिका–८ लक्ष्मीपुर स्थाई घर भई हाल सूर्यबिनायक-३ बालकोटमा जय मा दुर्गा काठ फर्निचर सञ्चालन गरी बस्ने २८ वर्षीय राम विनय ठाकुर र सूर्यविनायक नगरपालिका–२ बालकोट घर भई सोही स्थानमा श्रीराम काठ फर्निचर सञ्चालन गरी बस्ने ४३ वर्षीय हरि गोविन्द श्रेष्ठ रहेका छन्। सो घटनामा ३ जना अझै फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रउ श्रेष्ठले बताए।

त्यसैगरी, दुईपांगे सवारी साधन प्रयोग गरी बटुवालाई लुटपात गर्ने काभ्रे तिमाल गाउँपालिका–९ बस्ने १९ वर्षीय देव तामाङ भन्ने अविरल तामाङलाई पक्राउ गरेको छ। उनको साथबाट प्रहरीले लुतपातमा प्रयोग गरिएको बा.६८ प.८८९८ नम्बरको स्कुटरसहित ग्यालेक्सी एस सेभेन मोबाइल १ थान, नगद ४ हजार ५०, विभिन्न बैंका कार्ड, चोरीमा प्रयोग हुने औजारलगायतका सामाग्री बरामद भएको प्रउ श्रेष्ठले बताए।

प्रहरीका अनुसार तामाङले गत माघ २९ गते बिहान सूर्यविनायक–६ थापा पार्टी प्यालेस नजिक, दिउँसो सुर्यबिनायक गणेशथान नजिकै र साँझ भक्तपुर नगरपालिका ९ लिवालीमा बाटोमा हिडिरहेका महिलाहरुको हातमा बोकेको झोला चोरी फरार भएको थियो। सो घटनामा थप दुई जना फरार रहेको उनीहरूको खोजी कार्य जारी रहेको प्रउ श्रेष्ठले बताए।

त्यस्तै, प्रहरीले नियन्त्रित औषधीजन्य लागुऔषध कारोवार गर्ने मुख्य अभियुक्तसहित तीन जनालाई पक्राउ गरेको छ। गत शुक्रबार सूर्यविनायक–८ जगाती चेकप्वाइन्टमा महानगरीय प्रहरी वृत्त जगातीको टोलीले सवारी जाँच गर्नेक्रममा इटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख. १०६४ नम्बरको हाइस माइक्रो बसको छतमा पेलेट दाना लेखेको प्लाष्ट्रिकको बोराभित्र राखी  कार्टुनमा प्याक गरी लुकाइछिपाई ल्याउदै गरेको डाइलेक्स डिसी १०० एमएलको ९९ बोतल लागुऔषध बरामद गरी उक्त बा.५ ख.१०६४ नम्बरको हाइस माइक्रोसहित चालक काभ्रे पनौती नगरपालिका–१० का ३२ वर्षीय अजय परियार र सहचालक सोही स्थान बस्ने १९ वर्षीय रमेश परियारलाई पक्राउ गरिएको परिसरका सूचना अधिकृत रेवती रमण पोखरेलले जानकारी दिए।

उनीहरूको प्रारम्भिक बयानका आधारमा काठमाडौं महानगरपालिका ६ कपन सरस्वतीनगरस्थित सलमान मियाको डेरामा छापामारी डाइलेक्स डिसी १०० एमएलको ७२ बोटल नाइट्राभेट–१० लेखेको साँढे ४२ पत्ता गरी १२७५ ट्यावलेट र प्रदेश नं. ३ ००१ प.६५५४ नम्बरको मोटरसाइकल सहित सलमान मियालाई पक्राउ गरिएको प्रनाउ पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.