|
File Photo

चितवन : चितवनको खैरहनीमा अज्ञात व्यक्तिले खुकुरी प्रहार गर्दा एक युवा गम्भीर घाइते भएका छन्। मोटरसाइकल र स्कुटरमा गएको युवाको समूहले धारिलो हतियार प्रहार गर्दा खैरहनी ६ का ३२ वर्षीय विकास श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको हात र खुट्टामा गहिरो चोट लागेको छ। श्रेष्ठलाई खैरहनी नगरपालिका ५ गौचरनमा आक्रमण गरेका थिए। घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनमा पछिल्लो समय खुकुरी प्रहारका घट्ना श्रृंखलावद्ध रुपमा भइरहेका छ। यसअघि पनि पूर्वी चितवनको रत्ननगरमा एक व्यक्तिलाई तरबार प्रहार गरेको आरोपमा तरवारसहित एक युवा पक्राउ परेका थिए। आफूभन्दा लामो तरवार बोकेर स्थानीयलाई धम्क्याउने गरेको भन्दै उनलाई प्रहरीले टोले गुण्डाका रुपमा परिचय राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.