|
File Photo

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हजारौँको संख्यामा विभिन सेवामा कार्यरत कर्मचारीहरूको समायोजन सूची सार्वजनिक गर्ने तयारी गरेको छ।

केही दिनअघि नै सार्वजनिक हुन भनिएको प्रशासन र सामान्य प्रशासन समूहका शाखा अधिकृतसहित विभिन्न सेवा र समूहका उपसचिव तथा अधिकृत गरी १३ हजार ६ सय ८ कर्मचारीको समायोजन सूची आइतबार राति सार्वजनिक गर्ने तयारी मन्त्रालयले गरेको हो। विभिन्न श्रेणीका  १३ हजार ६ सय ८० कर्मचारीमध्ये ९ हजार ३३७ जना संघमा २ हजार २८७ प्रदेश र १ हजार ९८७ जना स्थानीय तहमा समायोजन हुने छन्। यसअघि ५७ सचिव, ६ सय ७६ सहसचिव र नेपाल प्रशासन सेवारसामान्य प्रशासन समूहका ८ सय ४८ जना उपसचिवको समायोजन गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.