|

बझाङ : बझाङको काप्तिकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

आइतबार साँझ ७ बजेतिर जयपृथ्वी नगरपालिका ११ को चैनपुरबाट  धामीलेक जाँदै गरेको  से १ ज ८९० नम्बरको जीप दुर्घटना ताप्लिकोटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने १६ जना घाइते भएका हुन्।

मृत्यु हुनेमा  जयपृथ्वी नगरपालिका ११ धामीलेक घर भएका १२ वर्षीया समु जोशी र सोही ठाउँका ४८ वर्षीय धौले जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका ११ का कविता जोशी, अन्धिरा जोशी, जुनादेवी जोशी, जयराज जोशी, सविता जोशी, प्रकाश जोशी र झुसी जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हो। उनीहरुलाई धनगढी रिफर गरिएको प्रहरीको भनाइ छ भने अन्य घाइतेकाे  बझाङ अस्पतालमा उपचार भइरहेकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.