|

काठमाडौं : पार्टी एकताको काम टुंग्याउन नेकपाको बैठक प्रधानमन्त्री  निवास बालुवाटारमा जारी छ। 

एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल आफैँले प्रस्ताव तयार पारी एकता प्रक्रिया टुंग्याउन लागेको बताइएको छ।

सचिवालय र स्थायी समिति बैठकमा प्रस्तुत गर्न अध्यक्षद्वय ओली र दाहालले एकताको प्रस्ताव तयार पार्न पटकपटक छलफल गरे पनि टुंगोमा पुगेको छैन्। दुवै नेताले आइताबार पनि पार्टीका केही नेतालाई बालुवाटार बोलाएर अनौपचारिक छलफल गरेका थिए। पछिल्लो कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई पनि बालुवाटार बोलाई अध्यक्षद्वयले आइतबार छलफल गरेका थिए। सचिवालय बैठक सोमबार विहान पौने १० बजेदेखि प्रधानमन्त्री निवासमा जारी रहेको नेकपा सचिवालयले जनाएको छ।

नेकपाले केन्द्रीय निकायहरू, ३२ केन्द्रीय विभाग र भूगोलका ७७ जिल्लाको एकता टुंगो लगाउन बाँकी छ। त्यसैगरी पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, चार विशेष जिल्ला कमिटी र तिनलाई नेतृत्व गर्ने प्रदेशसरहको विशेष कमिटी, सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी गठन गर्न पनि नेकपाले सकेको छैन्। यस्तै प्रवास क्षेत्रको एकीकरण, जनवर्गीय संगठनहरू केन्द्रदेखि स्थानीय तहसम्मको एकत प्रक्रिया पनि टुङ्गिन बाँकी छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.