|

जाजरकोट : जिल्ला अस्पताल जाजरकोटमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ। ५० शय्याको जिल्ला अस्पतालमा शुक्रबारदेखि सेवा सञ्चालनमा आएको हो।

डा. महेश सिलवाल आएपछि शल्यक्रिया सेवा सञ्चालन गरिएको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले जानकारी दिए। अस्पतालमा दैनिक दुई जनासम्म आकस्मिक प्रसूति शल्यक्रिया गर्न सकिने डा. भूपेन्द्र मल्लले बताए। अस्पतालमा जटिलबाहेकका शल्यक्रिया सेवा प्रदान हुने जनाइएको छ।

गत वर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा आएका चिकित्सकले शल्यक्रियाका गरे पनि काज सकेर फकिएपछि सेवा बन्द भएको थियो। 

भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले नगरपालिकाबाट हुने सम्पूर्ण पहल गर्न तयार भएको बताए। जिल्ला अस्पतालमा सेवा प्रवाह सहज बनाउन नगरपालिकाले शव बहान उपलब्ध गराउने नगरप्रमुख घर्तीले प्रतिवद्धता व्यक्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.